मज्जाको अनलाईन, मंसीर २६ गते शनिवार, २०७२, काठमाण्डौं ।

नायिका नम्रता श्रेष्ठ र नायक आर्यन सिग्देलको जोडीलाई दर्शकले पर्दामा निकै रुचाएको पाईन्छ । यो जोडी पर्दा बाहिर पनि एक अर्काको लागि निकै ‘सपोटिप’ र ‘हेल्पफुल’ देखिन्छ । आर्यन नम्रतालाई माया गरेर ‘नमु’ भनि बोलाउछन् भने नम्रता आर्यनलाई ‘एलियन’ भन्छिन् । यसै बीच यो जोडी अभिनत पछिल्लो चलचित्र ‘क्लासिक’को ‘इन्ड क्ल्याप पार्टी’मा आर्यन नम्रता मिडिया सामु निकै खुलेर प्रस्तुत भए ।

Classic 1

शुक्रबार साँझ ‘क्लासिक’ युनिटले आयोजना गरेको ‘इन्ड क्ल्याप पार्टी’मा नायिका नम्रताले आर्यनको बिषयमा बोल्दै भनिन्, ‘हि इज सुपरस्टार’ । यो सुनेर छेवैमा बसेका आर्यन मुसु मुसु मुस्कुराए । यता आर्यनले पनि नम्रतालाई ‘डेडिकेटेड’ अनि ‘बोल्ड एक्टर’ भनि प्रतिक्रिया दिए । आर्यन नम्रताले ‘क्लासिक’को ‘इन्ड क्ल्याप पार्टी’मा चलचित्रको विभिन्न पक्षहरुका बारेमा जानकारी मात्र गराएनन् चलचित्रको गीत गाएर समेत सुनाए ।

Classic 2

पार्टीमा निर्देशक दिनेश राउत, निर्माता सुवास गिरी लगायत ‘क्लासिक’ टिमको उपस्थिती रहेको थियो । चलचित्रको टिमको यो पहिलो मिडिया फेस पनि थियो । चलचित्र ‘क्लासिक’ ‘भ्यालेन्टार्यन डे’को अवसर पारेर माघ २९ गतेदेखि अल नेपाल प्रर्दशनमा आउदैंछ ।

For More videos Log on to Mazzako TV