मज्जाको अनलाईन, मंसिर २५ गते शुक्रबार ।

नेपाली चलचित्र क्षेत्र यतिबेला भोली(मंसिर २६ गते) हुने नयाँ नेतृत्वको चुनावको सरगर्मीले तातेको छ । यसैबीच अध्यक्ष पदमा उम्मेद्वारी दिएका रामकेशर बोगटीले २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । आज राजधानीमा एक पत्रकार भेटघाटको कार्यक्रम आयोजना गर्दै उनले सो कुरा जानकारी गराएका हुन् । कलाकारीता पेशालाई आर्थिक र सामाजिक रुपले मर्यादिन र सम्मानित बनाउने मेरो प्रतिवद्धता भन्ने नाराको साथमा चुनावी मैदानमा उत्रिएका बोगटीले संघको लागि भवन बनाउनु आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन् ।

कार्यक्रममा सचिव पदमा आफ्नो उम्मेरद्वारी दिएका चेतबहादुर सिंह ‘राजा’ ले पनि भवन निर्माणका लागि चार लाख रुपैया दिने घोषणा गरे भने सदस्य पदमा उठेका सुनिल कट्वालले पनि उत्तिकै रकम दिने घोषणा गरेका छन् ।

sarita-lamichhane-ramkesar-

भवन निर्माण गर्न खडा गरिएको कोषमा बोगटीले यस अघि नै १ लाख ७ हजार ७ सय ७७ रुपैयाँ जम्मा गरिसकेका छन् । त्यस्तै संघको भवन निर्माण सहित कलाकारहरुलाई राज्यको तर्फबाट ‘सेलिब्रेट कार्ड’ उपलब्ध गराउन पहल गर्ने, अग्रज कलाकारलाई राज्यले सेवा, सुविधा तथा सम्मान गर्नुपर्ने माग अध्यक्ष बोगटीले अघि सारेका छन् ।

नेपाली सिनेमाको अवार्डलाई विदेशमा विस्तार गर्ने लगायत विभिन्न ७ बुँदे प्रतिवद्धता पत्र लिएर बोगटी कलाकार संघको भावी अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका हुन् । बोगटीले लय संग्रौला र विशाल विष्टसँग प्रतिस्पर्धा गर्दैछन् ।

यो खेमाबाट महासचिवमा सरिता लामिछाने, सचिवमा चेतबहादुर सिंह, कोषाध्यक्षमा आकाश खवास र सह कोषाध्यक्षमा नन्दिता केसीले उम्मेदवारी दिएका छन् । जसमध्ये नन्दिता निर्विरोध विजयी भैसकेकी छिन् । महासचिवमा सरिता लामिछाने कृष्ण ढुंगानासँग प्रतिस्पर्धामा उत्रिएकी छिन् । चलचित्र कलाकार संघको निर्वाचन यही मंसिर २६ गते शनिबार हुँदैछ ।

For More videos Log on to Mazzako TV