कास्की । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका अभियन्ता डा.बाबुराम भट्टराईले मधेस आन्दोलन साम्य हुनासाथ नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने बताएका छन् ।

पोखरामा बिहिवार आयोजित एक कार्यक्रममा उनले नयाँ शक्ति नयाँ विचारधाराका साथ अघि बढिरहेको उल्लेख गरे ।

babuएमाओवादीले आफूलाई बद्नाम गराउन नयाँ शक्ति पुराना कार्यकर्ता भर्ना गर्ने थलो भएको आरोप लगाएको बताउँदै उनले आफूहरुले कोहीकसैलाई कर लगाएर पार्टीमा लाग्न आग्रह नगर्ने स्पष्ट पारे ।

मधेसी जनताले आफ्नो अधिकारका लागि आन्दोलन गरिरहँदा भट्टराईले आन्दोलनलाई थप उर्जा दिएको भनेर भन्नु गलत भएको बताउँदै मधेसी, महिला, दलित, मुस्लिम अल्पसङ्ख्यकको पक्षमा आफू सदैव लागिपरेकाले त्यस्तो झुटो आरोप लगाएको उनको भनाइ थियो ।

For More videos Log on to Mazzako TV