चलचित्र ‘क्लासिक’को गीत सार्वजनिक गरिएको छ । आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित ‘क्लासिक’को गीतहरुको जुकबक्स युट्युब मार्फत सार्वजनिक गरिएको हो । आर्यन नम्रताको सफल जोडीलाई भिन्न रुपमा प्रस्तुत गरिएको ‘क्लासिक’मा समावेश चार वटै गीतहरुमा ताराप्रकास लिम्बसको संगीत रहेको छ । सार्वजनिक गरिएका गीतहरुमा युवराज चौलागाईं, कोशिस क्षेत्री र मेलिना राईको स्वर छ । डा कृष्णहरी बराल, दिनेश राउत, दयाराम पाण्डेले गीतका शब्दहरु कोरेका हुन् ।

aaaaaa
दृष्ट्रि विहिन युवा युवतीको प्रेम कथामा आधारित चलचित्र क्लासिकलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रलाई सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल फिल्मस्ले मिलेर बनाएका हुन् । चलचित्र आगामी भ्यालेन्टाईनलाई क्यास गर्दै माघ २९ गते सार्वजनिक प्रर्दशनमा आउनेछ ।

For More videos Log on to Mazzako TV