काठमाडौँ । एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा जनतातर्फ फर्कने कार्ययोजना तत्काल ल्याउन केन्द्रीय सदस्यहरुले माग गेका छन् ।

एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलगवार जारी बैठकमा पार्टी शान्ति प्रक्रियामा आएदेखि नै जनताको भावनालाई र चाहनालाई भुल्ने काम गरेको भन्दै जनतातर्फ फर्क र जनताको भावनालाई सुन भन्ने एजेन्डाका आधारमा अगाडि बढ्न आग्रह गरे । ।

Ucpn Maoist officeपार्टीको आधार भुल्ने, जनताको एजेन्डाबाट कट्ने, सुख–दुःखमा साथ नदिने प्रवृत्तिले पार्टी, क्रान्ति र नेतृत्वको समेत हित नगर्ने भएकाले तत्काल पार्टीभित्र सुधारको आवश्यकता भएको नेताहरुले धारणा राखेका थिए ।

मुलुकको राष्ट्रिय अस्मिता सङ्कटमा परेको, सार्वभौमसत्तामाथि लगातार आक्रमण हुँदासमेत पार्टीले प्रस्ट अडान लिन नसकेको, समग्र अवस्थाका बारेमा ध्यान दिन नसकेको भन्दै आज बोल्ने केही नेताहरुले भने पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

विभिन्न टुक्रामा विभक्त माओवाद मान्ने पार्टी र दलबीच एकता प्रक्रिया सुरु गर्न र त्यसका लागि आवश्यक लचकता अपनाउन समेत उनीहरुले जोड दिनुएका थिए ।

संविधानसभाबाट जारी भएको संविधानको सहज कार्यान्वयन गराउनु पार्टीको प्रमुख दायित्व भएपनि पार्टीले राख्दै आएको फरक मतलाई पनि सँगसँगै जनतामा लैजान पनि केन्द्रीय सदस्यहरुले पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

For More videos Log on to Mazzako TV