काठमाडौं । प्रमुख दलहरु र मधेसी मोर्चाबीच शुक्रबार हुने भनिएको निर्णायक वार्ता मधेसी मोर्चाको असहयोगका कारण हुन सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ५ बजेका लागि बालुवाटारमा बैठक डाकेकोमा मधेसी मोर्चाका नेताहरु बैठकमा गएनन् ।

सत्तारुढ दलहरु नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु अपराह्न ४ बजे नै बालुवाटार पुगेर मोर्चाका नेताहरुको प्रतीक्षा गरेका थिए । बालुवाटार वार्ता छाडेर मधेसी मोर्चाका नेताहरु भारतीय दूताबास पुगेका छन् ।

All party meeting

File Photo

बोलाइएको बैठकमा जानुको साटो मोर्चाका नेताहरु लैनचौर पुगेका छन् । स्रोतका अनुसार महन्थ ठाकुर र उपेन्द्र यादवसहितका नेताहरु लैनचौर पुगेका हुन् ।

भारतीय राजदूतसँगको छलफलपछि मोर्चाका नेताहरुले तीन दलसँग छलफल गर्ने नगर्ने तय हुने बताइएको छ ।

तीन दलको साझा प्रस्ताव तयार

यसैबीच प्रमुख तीन दलले आन्दोलनरत मधेस केन्द्रित दलहरुसँग सहमतिका लागि तीन बुँदे साझा प्रस्ताव तयार गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बोलाइएको बैठकमा मधेशी मोर्चाका नेताहरु नआए पछि बसेको तीन दलको बैठकले मधेसी मोर्चाका मागबारे साझा प्रस्ताव तयार पारेको हो ।

बैठकले प्रदेशको सिमांकन राजनीतिक समिति गठन गरि तीन महिनामा टुंगो लगाउने र संविधानमा व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

तीन दलले समावेशी सहभागिता तथा निर्वाचन क्षेत्र निर्धारणबारे अघिल्लो सरकारले संसदमा दर्ता गरेको संशोधन विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ ।

For More videos Log on to Mazzako TV