काठमाडौं ।भारतले संविधान संशोधनको प्रक्रिया अघि बढे सिमा नाकाको अवरोध हट्न सक्ने आश्वासन दिएपनि सरकार पक्ष भने बिश्वस्त हुन सकेको छैन ।

प्रधानमन्त्री केपी ओली र भारतीय बिदेशमन्त्री शुष्मा स्वराजबीचको टेलिफोन बार्ता र परराष्ट्रमन्त्री कमल थापाको दिल्ली भेटघाटमा भारतीय पक्षबाट नाकावन्दी हट्ने संकेत पाएपनि सरकार भने पर्ख र हेर कै स्थितिमा रहने प्रधानमन्त्रीका निकटवर्तीहरुले बताएका छन् ।

Pmo-Officeप्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले यसअघि पनि भारतबाट पारवहन अवरोधन हटाउनेवारे प्रतिवद्धता आएपनि अवस्था सहज हुन नसकेको भन्दै नाकावन्दी तत्काल हटाउने भारतीय संकेतप्रति पुर्णरुपमा बिश्वस्त हुन नसकिने बताए ।

एमाले सचिव प्रदीप ज्ञवालीले पनि सरकार पर्ख र हेरको स्थितिमा रहेको भन्दै नाकावन्दी तत्काल हट्नेवारे अहिले नै भन्न नसकिने बताए । भारतले ३ दलबीच बनेको पछिल्लो रोडम्याप अनुसार संविधान संशोधन प्रक्रिया अघि बढे पारवहन अवरोध हटाउने संकेत दिएको थियो ।

नाकावन्दी नगरेको दावी गर्दै आएको भारतीय पक्षले यसअघि पनि परराष्ट्रमन्त्री कमल थापाको पहिलो भारत भ्रमणका क्रममा रक्सौल बाहेकका सिमा नाकाबाट आपुर्ति व्यवस्थालाई सहज बनाउने आश्वासन दिएको थियो ।

For More videos Log on to Mazzako TV