काठमाडौं । विश्वभर आतंक मच्चाईरहेको इस्लामिक अतिवादी संगठन ‘इस्लामिक स्टेट’ ९आर्इएस०ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्लिम माथि ज्यादति गरको भन्दै अब भारत विरुद्ध लड्ने चेतावनी दिएको छ ।
Narendra_modiआर्इएसले मंगलवार सार्वजनिक गरिएको घोषणापत्रमा मुस्लिममाथि ज्यादती भएका कारण अबको युद्ध भारतमा केन्द्रित हुने बताइएको छ ।

मोदीलाई ‘अति हिन्दु राष्ट्रवादी‘’को आरोप लगाएको आईएसले अब यो अभियान भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान लगायतका मुलुकमा विस्तार घोषणापत्रमा उल्लेख गरेको छ ।

घोषणापत्रमा भारतको राजनीतिक अवस्थाको विश्लेषण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिवादीको संज्ञा दिइएको छ । मोदीलाई उसले हतियारको पूजा गर्ने दक्षिणपन्थी हिन्दु राष्ट्रवादी भएको विश्लेषण गरेको छ ।

‘भारतमा हिन्दुहरुको गतिविधि निकै बढेको छ, जसले गाई खाएको अभियोगमा मुस्लिमहरुलाई मारिरहेका छन्’ आर्इएसको घोषणापत्रमा भनिएको छ ।

भारतमा मुस्लिममाथि ज्यादती भएका कारण त्यहाँ आइएसको गतिविधि बढाउनुपरेको घोषणापत्रमा बताइएको छ ।- एजेन्सी

For More videos Log on to Mazzako TV