नेपालगञ्ज । बाँकेको सीमासँग जोडिएको भारतीय बजार रुपैडिहामा भारतीय नगारिकले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

बुधबार नेपाल प्रहरीले नेपालमा रहेका भारतीयमाथि कुटपिट र दुर्व्यवहार गरेको भन्दै उनीहरुले ओली सहित बाँकेका सुरक्षाकर्मीहरुको पुत्ला जलाएका हुन् ।

Oli putlaदशगजासँगै जोडिएको रुपैडिहा बजारका व्यापारी तथा नेपालमा आन्दोलन गररिरहेका मधेसी मोर्चाका कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । उनीहले बुधबार आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि नेपाल प्रहरीले भारतीय नागरिकलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

पुत्ला दहनसँगै उनीहरुले शुक्रबार र शनिबार रुपैडिहा बजार बन्द गर्ने घोषणा गरेका छन् । भारतीयहरुले रुपैडिहा नाकाबाट हुने आयत र निर्यात समेत ठप्प पार्ने चेतावनी दिएको छ ।

करिव ३ सयको हाराहारीमा भेला भएका भारतीयहरुले ओली विरुद्ध नारावाजी समेत गरेका छन् । उनीहरुले भारतीय प्रहरी र सीमा सुरक्षा बल (एसएसबी) कै अगाडि पुत्ला जलाउनुका साथै नारावाजी गरेका थिए ।

For More videos Log on to Mazzako TV