मज्जाको अनलाईन, मंसीर १७ गते विहिबार, २०७२, काठमाण्डौं ।

निर्माण भएको करिब २ बर्षपछि चलचित्र ‘सुपरहिट’ प्रर्दशनमा आउने तयारीमा छ । ‘चपली हाईट’बाट चर्चामा आएकी तर त्यसपछि हराएकी नायिका बिनिता बराल अभिनित चलचित्र ‘सुपरहिट’बाट के उनी पुन चर्चामा आउलिन् ?  या पुन: हराउलिन् ? त्यो भने चलचित्र प्रर्दशनपछि नै थाहा होला । चलचित्र यही माघ २२ गतेबाट सार्वजनिक प्रर्दशनमा आउदैछ ।

Binita

भर्खरै फिल्मको पोस्टर तथा टिजर सार्वजनिक गरिएको छ । हाल अमेरिकामा कृषी सम्बन्धी अध्ययनको क्रममा रहेकी बिनिताले छायाँकनपछि बर्षदिन जसो यो फिल्मको प्रचार गरिन् । त्यसपछि पनि चलचित्र प्रर्दशनमा नआएपछि उनी कृषि पेशातिर लागिन् । यतिबेला उनी अमेरिकामा छिन तर चाडै चलचित्रको प्रचारको लागि उनी नेपाल आउने बताईएको छ ।

सौरभ र निरञ्जनले मिलेर निर्देशन गरेको चलचित्र ‘सुपरहिट’मा नायिका बिनिताका अलावा दिव्यदेव, महेश श्रेष्ठ तथा सुदाम श्रेष्ठको मुख्य भुमिकामा छन् । चलचित्रमा सुरेश राईको संगीत रहेको छ ।

For More videos Log on to Mazzako TV