मज्जाको अनलाईन, मंसीर १६ गते बुधबार, २०७२, काठमाण्डौं ।

आगमी शुक्रबार बाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘चकलेट’को प्रोमोशनमा यतिबेला निर्मल शर्मा ‘गैंडा’ खुबै ब्यस्त छन् । उनको पहिलो निर्देशकिय चलचित्र भएकाले पनि चलचित्रलाई लिएर उनी निकै उत्साहित छन् । उनी त उत्साहित छन् नै साथमा उनले गुरुबा गुरुआमा मानेका दिपकराज गिरी र दिपाश्री निरौला पनि उतिकै लागि परेका छन् चलचित्रको प्रचारका लागि । दिपक र दिपाले यतिबेला सामाजिक सञ्जालहरुमा चकलेटका लागि आफ्ना शब्दहरु खर्च गरिरहेका छन् ।

Chocolete promotion 2

‘विशुद सामाजिक उदेश्यका लागि तयार पारिएको चलचित्र भएकाले गर्दा पनि चकलेट सबैले हेनुपर्छ भन्ने लाग्छ’, दिपकले भने, ‘निर्मलजी असफल प्रोड्युसरको रुपमा चिनिनुभएको थियो तर ‘६’ को सिरिजदेखि सफल हुनुभयो अब पालो सफल निर्देशक बन्ने हो ।’ त्यस्तै दिपा भने निर्मल शर्मालाई आफ्नो ‘प्यारो छोरो’ भन्न रुचाउछिन् ।

Chocolete promotion 1

‘हुन त निर्मल शर्मा मेरो दाई हुनुहुन्छ तर वहाँले सधैव हामीलाई गुरुगुरुमा भन्नुहुन्छ, त्यसैले म पनि वहाँलाई हाम्रो प्यारो छोरो भन्न रुचाउछु’, उनले थपिन्, ‘हाम्रो प्यारो छोरोको चलचित्रले सडक बालबालिकाको कथा बोल्छ, त्यसैले पनि यो चलचित्र हेर्न सबैलाई अनुरोध गर्दछु ।’

IMG_7548

हुन त यसअधि दिपक दिपा र निर्मलले मिलेर ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ बनाईसकेका छन्, तर चकलेटमा भने नायिका पुजना प्रधानको लगानी छ । यो सिनेमामा निर्मल मात्र निर्देशकको भुमिका निर्वाह गर्दैछन् । प्रर्दशनको संघारमा यसै साता राजधानीमा फिल्म युनिटले आयोजना गरेको ‘थ्याङ्गस गिभिङ्ग’ कार्यक्रममा पनि दिपक दिपाले चलचित्रका बारमा धेरै बोलेका थिए ।

चलचित्र ‘चकलेट’मा पुजनाका अलावा डा. आयुषमान घिमिरे, नम्रता झा, केशव भट्टराई लगायत नौ जना बालबालिकको पनि अभिनय रहेको छ । चलचित्रको प्रर्दशनबाट उठेको सम्पुर्ण रकम असहाय बालबालिकाको लागि आवास निर्माणमा खर्च गरिने बताईएको छ ।

For More videos Log on to Mazzako TV