मज्जाको अनलाईन, मंसीर १५ गते, मंगलबार, २०७२, काठमाण्डौं ।

नायिका केकीलाई भगाउदै गरेको तस्वीर सहितको ‘भाग सानी भाग’को पोष्टर रिलिज गरिएको छ । नवल नेपाल निर्देशित चलचित्र ‘भाग सानी भाग’को यो नयाँ पोष्टरमा नायिका केकी अधिकारी र नायक सविन श्रेष्ठलाई फिचर गरिएको छ ।

bhag-saani-bhag

विष्णु चापागाईं प्रस्तुतकर्ता रहेको फिल्ममा सहदेव गौतम र विलाले पोखरेल निर्मातको रुपमा रहेका छन् भने संगीतकार चेतन सापकोटा फिल्मका कार्यकारी निर्माता हुन् । ‘श्रीमान्’, ‘महसुश’ र ‘लज्जा’ जस्ता नारी संवेदनाका फिल्म निर्देशन गरेका नवलको पछिल्लो फिल्म ‘भाग सानी भाग’ मा पनि नारी संवेदनालाई प्राथमिकतामा राखिएको छ ।

यो फिल्मलाई नायिका केकी अधिकारीले आफ्नो फिल्मी करिअरको उत्कृष्ट फिल्म मध्ये एक मानेकी छन् । केही समय अघि सार्वजनिक गरिएको यस चलचित्रको आई लभ यु बोलको गीत यतिबेला चर्चाको शिखरमा छ ।

For More videos Log on to Mazzako TV