मज्जाको अनलाईन, मंसीर १५ गते मंगलबार, २०७२, काठमाण्डौं ।

२७ घण्टा अर्थात ‘ट्वान्टी सेभेन आवर्स’ । साउथ साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेको नेपाली चलचित्रको नाम हो ‘ट्वान्टी सेभेन आवर्स’ । हरर र थ्रीलर मिश्रित चलचित्र ‘ट्वान्टी सेभेन आवर्स’ को टिजर सार्वजनिक गरिएको छ।

27 hrs

टिजरले नै निकै नै डर लगाउने यो चलचित्रको सिनेमा कस्तो होला भन्ने यतिबेला निकै उत्सुकता बढेको छ । बुटवल र मुम्बईमा छायांकन गरिएको यो सिनेमाको यतिबेला भारतको हैदरावादमा पोस्टप्रोडक्सनको कार्य भैरहेको जानकारी प्राप्त भएको छ । दिपक लम्सालले निर्माण गरेको यो सिनेमामा २७ घण्टा भित्र एक ब्यक्तिको जीवनका कस्ता कस्ता घटनाहरु घट्छन् भन्ने कुरालाई देखाउन खोजिएको छ ।

For More videos Log on to Mazzako TV