मज्जाको अनलाईन, मंसीर १५ गते मंगलबार, २०७२, काठमाण्डौं ।

आन्दोलनरत मधेशी मोर्चाका मागमा साझा धारणा बनाउनेबारे आज प्रमुख दलहरुबीच छलफल हुने ती दलका नेताहरुले बताएका छन् । हिजो भएको त्रिपक्षीय वार्तामा मोर्चाले प्रमुख दलहरुको साझा धारणा मागेको थियो । प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारुढ दलहरुले आफ्ना ११ बुदे मागबारे साझा धारणा बनाउने भनेपनि त्यस्तो धारणासहित बैठकमा नआएको भन्दै मोर्चाका नेताहरुले आलोचना गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा हिजो भएको त्रिपक्षीय वार्तामा आ आफ्ना भावना राख्ने काम भएको र भोली बस्ने बैठकले ठोस सहमतिको प्रयास गर्ने सहभागी नेताहरुले बताएका छन् । ओलीले प्रधानमन्त्री भएपछि हिजो पहिलोपटक मधेसी मोर्चासंग वार्ता गरेका हुन् ।

For More videos Log on to Mazzako TV