मज्जाको अनलाईन, मंसीर १५ गते मंगलबार, २०७२, काठमाण्डौं ।

एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक आज सुरु हुदैछ । राजधानीको पेरिसडाँडास्थित पार्टी मुख्यालयमा दिउसो २ बजे सुरु हुने बैठकमा संविधान निर्माणपछिको मुलुकको राजनीतिक अवस्था, मधेश आन्दोलन, भारतले गरेको नाकाबन्दी लगायतबारे छलफल हुने सो पार्टीले जनाएको छ ।

moaist-building

त्यसैगरी अन्य माओवादी पार्टीसंग एकता र बाबुराम भट्टराईसहित उहाँ निकट नेताहरुको पार्टीबाट बर्हिगमनबारे पनि छलफल हुने प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो । भट्टराईको पार्टी परित्यागका कारण एकीकृत माओवादीको केन्द्रीय समिति बैठक पटक पटक स्थगित भएको थियो ।

आज सुरु हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक बिषयमा आधारित राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । एकीकृत माओवादीले यो बैठकबाट समाजवादमा पुग्न पूजीवादी संविधान कार्यान्वयन गर्ने कार्यदिशा लिने नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । संविधानसभाबाट संविधान घोषणा भएपछि जनवादी क्रान्ति आधारभूत रुपमा पुरा भएको विश्लेषण गरेको सो पार्टीले संविधान कार्यान्वयनको कार्यदिशा बनाउन लागेको हो ।

For More videos Log on to Mazzako TV