– मंसीर १४ गते सोमबार ।

ईङलिश प्रिमियर लिग फुटबल अन्र्तगत गएराती सम्पन्न खेलमा लिभरपुल बिजयी भएको छ । गएराती नै समपन्न अन्य तीन खेल भने बराबरीमा सकिएका छन् । गएरातीको पहिलो खेलमा स्वान्सी माथि १–० को जित निकाल्दै लिभरपुल अंक तालिकाको छैटौ स्थानमा उक्लिएको छ । स्वान्सी भने १५ औ स्थानमा झरेको छ ।

maxresdefault

उसका लागि खेलको ६४ औ मिनेटमा जेम्स मिन्लरले पेनाल्टि मार्फत निर्णायक गोल गरेका थिए । त्यस्तै नर्बिच र आर्सनलले भने १–१ को बराबरी खेल्दै अंक बाँढेका छन् । बराबरी पछि नर्बिच १६ औ स्थानमा छ भने आर्सनल चौथो स्थानमा यथाबत छ । त्यस्तै बेष्ट ह्याम र वेष्ट ब्रोमले पनि १–१ को बराबरी खेल्दै अंक बाँढेका छन् ।

बेष्ट ब्रोम अंकतालिकाको १३ औ स्थानमा रहदा बेष्ट ह्याम भने आठौ स्थानमा छ । उता टटनह्यामले साबिक बिजेता चेल्सीलाई गोल रहित बराबरीमा रोकेको छ । बराबरीसंगै टटनह्याम स्थानमा यथाबत छ भने चेल्सी १४ औ स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्र्तगत १५ औ चरणका खेलहरु डिसेम्बर ५ बाट सुरु हुनेछन् ।

-एजेन्सी

For More videos Log on to Mazzako TV