मज्जाको अनलाईन, मंसीर १४ गते सोमबार, २०७२, काठमाण्डौं ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा अनौपचारिक भ्रमणमा आज दिउसो भारत जादै हुनुहुन्छ । भारतले संविधान जारी भएयता लगाएको नाकाबन्दीले मुलुकमा संकटको स्थित कायम रहेका बेला मन्त्री थापा दोस्रो पटक भारत जान लाग्नुभएको हो ।

Kamal Thapa

यसअघि भारत गएर नाकाबन्दी खुलाउनेबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतसंग औपचारिक वार्ता गरेका थापाको यसपालीको भ्रमण अनौपचारिक भनिएपनि भारतसँग चिसिएको सम्बन्ध सुधार्न केन्द्रीत रहने बताइएको छ । थापाले भारतीय हिन्दू धर्मगुरु रविशंकर प्रसादमार्फत भारतीय प्रधानमन्त्री मोदीसमक्ष आफ्ना धारणा राख्नुहुने स्रोतले बताएको छ ।

थापाले विगतमा पनि रविशंकरमार्फत नै मोदीलाई भेट्नुभएको थियो । आज बंगलोर जाने थापाले त्यहांबाट दिल्ली गएर विदेशमन्त्री स्वराज र विदेश सचिव जयशंकरसंग वार्ता गर्ने प्रयास गरिरहनुभएको उहाँ निकट स्रोतले बताएको छ ।

For More videos Log on to Mazzako TV