मज्जाको अनलाईन, मंसीर १४ गते सोमबार, २०७२, काठमाण्डौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज आन्दोलनरत मधेशी मोर्चा, प्रमुख प्रतिपक्षी नेपाली काग्रेस र सत्तारुढ दलहरुको त्रिपक्षीय बैठक बस्दैछ । बैठक विहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री ओलीले गराएका छन् । तराई मधेशमा साढे ३ महिनायता जारी आन्दोलनको निकाश खोज्ने प्रयासमा प्रधानमन्त्री ओलीले आज त्रिपक्षीय बैठक बोलाएका हुन् ।

Constituent-building

उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा गठित बार्ता टोलीले समस्या समाधान गर्न नसकेपछि प्रधानमन्त्री ओलीले सहमतिको पहल गरेका हुन् । सत्तापक्षीय दल र मधेशी मोर्चाबिच विगतमा विभिन्न चरणमा भएका वार्ताले कुनै निकास दिन नसकेपछि मोर्चाले कंग्रेस समेतको सहभागितामा वार्ता हुनुपर्ने अडान लिदै आएको थियो ।

मधेशी मोर्चाले राखेको प्रदेश सिमांकन हेरफेर, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता माग सम्वोधन गर्न संविधान संसोधनका लागि कंग्रेस समेतको सहमति आवश्यक पर्छ । कंग्रेस आफू नेतृत्वको अघिल्लो सरकारका पालामा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नेगरी दर्ता भएको संविधान संसोधन विधेयक पहिले पारित गर्नुपर्ने र प्रदेश सिमांकन हेरफेरबारे संसदीय समिति बनाएर गम्भिर छलफल गर्नुपर्ने पक्षमा छ ।

एमाले भने सिमांकन हेरफेर गर्न नहुने पक्षमा जोड गरिरहेको छ । आजको वार्तामा मधेशी मोर्चालाई कंग्रेसको प्रस्तावमा मनाउने प्रयास गरिने प्रमुख दलका नेताहरुले बताएका छन् ।

For More videos Log on to Mazzako TV