मज्जाको अनलाईन, मंसीर १३ गते आईतबार, २०७२, काठमाण्डौं ।

चलचित्र ‘कबड्डी कबड्डी’ले प्रर्दशन भएका प्राय सबै ठाँउहरुमा हाउसफुलको ब्यापार गर्दै करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशमा आएको दुई दिनमै चलचित्र करोड क्लबमा प्रवेश गरेको वितरक कम्पनी पपकर्न पिक्चर्सले जनाएको छ ।

Capture

गत शुक्रबारबाट प्रर्दशनमा आएको यस सिनेमाले शनिबार मात्रै ९० लाख बढीको बिजनेश गर्यो भने पहिलो दिन ४० लाख बढीको ग्रस कलेक्सन गरेको थियो । राजधानी बाहिर चलचित्रले भनेजति हल पाएको छैन । चलचित्र काठमाण्डौंका १६ र मोफसलका ३७ वटा हलहरुमा प्रर्दशन भईरहेको छ । काठमाडौंका मल्टिप्लेक्समा सबै शोहरु हाउसफुल गईरहेको पपकर्न प्रमुख माधव वाग्लेले जानकारी गराएका छन् ।

kabaddi-in4
दयाहाङ राई, सौगात मल्ल, रिष्मा गुरुङ, बिजय बराल लगायत कलाकारहरुको मुख्य भुमिका रहेको चलचित्र ‘कबड्डी कबड्डी’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV