मज्जाको अनलाइन, मंसिर १३ गते, आइतवार, २०७२, काठमाडौँ ।

राजनीतिक बिषयमा लामो समय टिप्पनी नगरि बसेका पूर्वयुवाराज पारस शाहाले मुख खोलेका छन् । नेपालले करिब दुई महिना देखि भारतीय नाकाबन्दीका कारण तीन महिनादेखि इन्धन र ग्यास नहुँदासमेत नेपाली समाज चुप लागेर बसेकोमा शाहले किन भनि प्रश्न गरेका छन ।

Paras-Shah-Nepal-Royal-Princeसमाजिक संजाल फेसवुकमा आइतबार स्टायटस लेख्दै उनले नेपाली समाज तिब्‍बती समाज जस्तै चेतनाको उपल्लो स्तरमा पुगिसकेको हो र भन्ने प्रश्न पनि गरेका छन्।

नेपाललाई हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष बनाइएकोमा समेत असन्तुष्टि राख्दै उनले लेखेका छन्, उनीहरुले हाम्रो धर्म खोस्दा पनि हामी चुप रह्यौँ र ठीकै छ भन्यौँ, किन ?’ उनले अगाडि लेखेका छन्, ‘तीन महिनादेखि इन्धन र ग्यास नभएर दाउरा बालेर खाना पकाइरहँदासमेत हामी ठीकै छ भनिरहेका छौँ। किन ?’

उनले आफुले टिप्पनी गरेर आगोमा घ्यु थप्न नखोजेको स्पष्ट पार्दै लेखेका छन्, ‘म त मेरो समाजलाई बुझ्ने कोशिश गरिरहेको छु।’

For More videos Log on to Mazzako TV