• एजेन्सी

काठमाडौं । ईङलिश प्रिमियर लिग फुटबल अन्र्तगत गएराती सम्पन्न खेलहरुमा बाटफोर्ट, क्रिष्टल प्यालेस, म्यानचेष्टर सिटि र सन्डर ल्याण्ड बिजयी भएका छन् ।

गएराती सम्पन्न पहिलो खेलमा बाटफोर्टले एष्टन भिल्लालाई ३–२ ले पराजित गरेको छ । जितसंग बाटफोर्ट अंक तालिकाको ११ औ स्थानमा उक्लिएको छ । एष्टन भिल्ला भने अंक तालिकाको पुछारमा रहेको छ । त्यस्तै गएराती सम्पन्न अर्को खेलमा बर्न माउथ र एर्भटनले ३–३ को बराबरी खेल्दै अंक बाँढेका छन् । बराबरी पछि बर्न माउथ १८ औ स्थानमा उक्लिएको छ भने एर्भटन सातौ स्थानमा यथाबत रहेको छ ।

English Premare league footballन्यु क्यासल युनाईटेड भने क्रिष्टल प्यालेससंग ५–१ ले पराजित भएको छ । जित पछि क्रिष्टल प्यालेस छैटौ स्थानमा उक्लिदा न्यु क्यासल युनाईटेड १९ अ‍ैँ स्थानमा झरेको छ । त्यस्तै म्यानचेष्टर सिटिले साउथ हेम्टनमाथि ३–१ को जित निकाल्दै शिर्ष स्थानमा पुगेको छ । लेष्टर सिटिको समान २९ अंक भएपनि गोल अन्तरका आधारमा सिटि अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको हो ।

साउथ हेम्पटन भने नवौ स्थानमा झरेको छ । गएराती नै भएको अर्को खेलमा स्टोक सिटि सन्डरल्याण्डसंग २–० ले पराजित भयो । जितसंगै सन्डरल्याण्डको रेलिगेशनमा पर्ने सम्भाबना टरेको छ । उ अंक तालिकाको १७ औ स्थानमा उक्लिएको हो । स्टोक सिटि भने १२ औ स्थानमा झरेको छ ।

म्यानचेष्टर युनाईटेड र लेष्टर सिटिले भने १–१ को बराबरी खेल्दै अंक बाँढेका छन् । बराबरी संगै लेष्टर सिटि दोश्रो र म्यान यु तेश्रो स्थानमा झरेका छन् । प्रतियोगिता अन्र्तगत आज ४ खेल हुनेछन् ।

For More videos Log on to Mazzako TV