मज्जाको अनलाइन, मंसिर १३ गते, आइतवार, २०७२, काँकडभिट्टा ।

झापाको केचना नाकाबाट नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १३ जनालाई सशस्त्र प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ ।

तस्करलाई खेद्दै हतियार सहित नेपाल छिरेका उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

SSBकेचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा उनीहरुलाई राखिएको छ । गृह मन्त्रालयको समन्वयमा उनीहरुलाई प्रक्रिया पुर्‍याएर भारतीय उच्च अधिकारीको जिम्मा लगाइने शसस्त्र स्रोतले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उनीहरु तस्करलाई लखेट्दै नेपाल छिरे पनि बाटो विराएका हुन् वा नियोजितरुपमा छिरेका हुन् अनुसन्धान भइरहेको बताए ।

For More videos Log on to Mazzako TV