मंसिर १३ गते, आईतबार ।

राजधानीको सुन्धारामा आज बिहान गोली चलेको छ । आज बिहान सुन्धारा स्थित लुम्बिनी पाँहुना घरमा आज बिहान गोली चलेको हो । सो पाहुना घरमा बसेका २ जना हतियारधारीलाई प्रक्रने क्रममा प्रहरीले गोली चलाएको अपराध महाशाखाका एसएसपी सर्बेन्द्र खनालले जानकारी गराएका छन् ।

प्रहरीले पाहुना घरबाट १ थान चाइनिज पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहटका छोटेलाल ठाकुर र राजकुमार पटेल रहेका छन् । छोटेलाल जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहदा प्रहरीको एसएलआर राइफल खोसेर फरार भएका अभियुक्त हुन भने राजकुमार प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका व्यक्ति हुन् । उनीहरुव्यवसायीक लुटेरा रहको एसएसपी खनालले बताएका छन् ।

For More videos Log on to Mazzako TV