मज्जाको अनलाइन, मंसिर १२ गते, शनिवार, २०७२, काठमाडौं ।

काठमाडौं को लाजिम्पाटमा भारतीय दूतावासको गाडीमा आगजनी भएको छ । २२ सीडी १७ नम्बरको गाडीमा आज बिहान विप्लव माओवादीका कार्यकर्ताले आगो लगाएका हुन् ।

Indian-Carअक्ष्गजनीबाट गाडीको भित्री भाग जलेको छ भने सीसाहरू समेत फुटाइएको छ । प्रहरीले भने गाडीमा तार सट भएर आगो बलेको जनाएको छ । केहीबेरमा आगो नियन्त्रणमा लिएकाले गाडीमा खासै क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

तर, विप्लव नेतृत्वको नेकपा माओवादीले भने भारतीय दूतावासको गाडीमा आफूहरुले आगजनी गरेको दाबी गरेको छ । भारतले लगाएको नाकाबन्दीको बिरोधमा आइतबार बन्द आह्वान गरेको विप्लब माओवादीले भारतीय दूतावासको गाडीमा आगजनी गरेको बताएको हो ।

For More videos Log on to Mazzako TV