मज्जाको अनलाईन, मंसीर १२ गते शनिवार, २०७२, काठमाण्डौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा मुख्य प्रशिक्षक पुबुदु दाशानायेके चार बर्षे प्रशिक्षकको भुमिका पछि आज बिदा हुनुहुने भएको छ । सन् २०११ मा नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रुपमा नेपाल आउनुभएका प्रशिक्षक दाशानायेकेले डिभिजन फोर मा रहेको नेपाली टोलीलाई डिभिजन वान सम्म पुर्याउन महत्बपुर्ण भुमिका निर्बाह गर्नुभएको थियो ।

12297841_10205136086745643_1876942864_o

उहाँको कार्याकालमा नेपाली सिनियर टोलीले ऐतिहासिक टि २० बिश्बकप पनि खेलेको थियो । २ महिना अघि पारिबारीक कारण देखाउदै प्रशिक्षकको भुमिकाबाट राजिनामा दिनुभएका दाशानायेके श्रीलंकाका नागरिक हुन् । क्यानको आन्तरिक बिवादका कारण यसअघि नै नेपाल छोडिसक्नुभएका दशानायेकेको करार अबधि सरकार आफैले थपेपछि उहाँ नेपाल फर्किएर पुन: आफ्नो जिम्मेबारी निभाउनुभएको थियो ।

यसैबिच नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षकको नियुक्तिका लागि क्यानभित्र आन्तरिक छलफल सुरु भएको छ । प्रशिक्षक दाशानायेके फर्कने भएपछि क्यानले नयाँ प्रशिक्षक नियुक्तिको लागि छलफल सुरु गरेको हो । यद्यपी कुनै पनि नाम बिशेषमा भने हाल सम्म चर्चा नचेलेको क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले जनाएको छ ।

For More videos Log on to Mazzako TV