मज्जाको अनलाईन, मंसीर १२ गते शनिवार, २०७२, काठमाण्डौं ।

पाकिस्तानबिरुद्धको दुई म्याचको टि २० श्रृखला ईङल्याण्डले क्लिन स्विप गरेको छ । युएईको दुबई स्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा गएराती सम्पन्न दोश्रो टि २० म्याचमा ईङल्याण्डले पाकिस्तानसामु ३ रनको रोमाञ्चक जित दर्ता गर्दै दुई म्याचको टि २० श्रृखला क्लिन स्विप गरेको हो ।

Pak vs Eng

दोश्रो खेलमा १ सय ७३ रनको बिशाल चुनौती पच्छ्याएको पाकिस्तानले निर्धारित ओभरमा आठ बिकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । पाकिस्तानका अहमद साहाजादले २८, सोयब मल्लीकले २६, महम्बद हाफिजले २५, साहिद अफ्रिदिले २४ र राफातुल्लाह महम्बदले २३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ईङलयाण्डले निर्धारित ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ७२ रनको उच्च योगफल तयार पारेको थियो । उसका लागि जेम्स भिन्सीले ३८, जोस बुटलरले ३३, र जासन रोएले २९ रन बनाए । यसअघि युएईमै भएको दुई राष्ट्रबिचको चार एक दिबसिय श्रृखला पनि ईङल्याण्डले ३–१ ले आफ्नो पक्षमा पारेको थियो ।

For More videos Log on to Mazzako TV