मज्जाको अनलाईन, मंसिर १२ गते, शनिवार, २०७२, काठमाण्डौं ।

टर्किका राष्ट्रपति रजप तैयप एर्दोआनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगोसंग नखेल्न चेताबनी दिनुभएको छ । सिरियामा रुसि बिमान खसालेको सन्र्दभमा दुई देशीय सम्बन्धमा चिसोपना आईरहेको बेला हिजो राष्ट्रपति पुटिनले टर्कि माथि दिएको चेताबनी पछि एर्दोआनको यस्तो भनाई सार्बजनिक भएको हो ।

llll

सो घटनाका सन्र्दभमा टर्किले स्पष्टिकरण दिदा दिदै पनि रुसले चेतावनीयुक्त प्रतिक्रिया दिएको भन्दै राष्ट्रपति तैयपले असन्तुष्टि ब्यक्त गर्नुभयो । एक टेलिभिजन अन्र्तबार्ताका क्रममा राष्ट्रपति एर्दोआनले पेरिसमा हुने पर्याबरण सम्बन्धि सम्मेलनमा आफुले त्यस बिषयमा रुसी राष्ट्रपति पुटिनसंग भेटबार्ता गर्ने समेत बताउनुभयो ।

उहाँले सो बिषयमा टर्कि रुससँग माफी माग्न तयार भने नरहेको स्पष्ट पार्नुभयो । यसैबिच रुसले टर्किसंग रहेको भिषामुक्त ब्यबस्था पनि रद्ध गर्ने घोषणा गरेको छ । यसअघि दुबै देशका जनता एक अर्को राष्ट्रमा निर्बाध रुपले आबत जाबत हुने गरेपनि रुसको पछिल्लो कदमले त्यसलाई पुर्ण रुपले रोक लगाएको छ ।

For More videos Log on to Mazzako TV