मज्जाको अनलाईन, मंसिर ११ गते शुक्रबार, २०७२, काठमाण्डौं ।

गीत संगीत प्रेमीका लागि खुशीको खबर छ । यदि तपाई गीत गाएरै नाम र दाम कमाउन चाहनुहुन्छ भने चलचित्र ‘प्रेम गीत’ले तपाईलाई यो अवसर जुराईदिएको छ । चलचित्रको शीर्ष गीत गाएर तपाई नगद एक लाख रुपैया जित्न सक्नुहुनेछ ।

Preem geet 1

आज राजधानीमामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको शिर्ष गीतको भिडियो सार्वजनिक मात्र गरिएन चलचित्रको कभर गीत गाउने मध्ये उत्कृष्टलाई नगद १ लाख पुरस्करा दिने घोषणा गरिएको हो ।

यो प्रतिस्पर्धामा सहभागी हुन चाहनेले २७ नोभेम्बरदेखि २६ डिसेम्बरसम्ममा अञ्जु पन्त र सुगम पोख्रेलले गाएको ‘म यस्तो गीत गाउछु, जुन प्रेमगीत बनोस्’ बोलको गीतलाई आफ्नै स्वरमा गाएर भिडियो पठाईसक्नुपर्नेछ । डिसेम्बरदेखि जनवरी १ सम्म प्रतिस्पर्धामा आएका मध्येबाट उत्कृष्ट भिडियोहरुलाई युटुबमा राखिने निर्माणपक्षले जनाएको छ । फ्रेबुअरी १० मा सहभागी मध्येबाट उत्कृष्ट १० को घोषणा गरिनेछ भने मुल्यांकनकर्ता र दर्शकले युटुबमा हेरेको आधारमा फ्रेबुअरी १ मा उत्कृष्टको घोषणा गरिनेछ ।

preem geet

उत्कृष्ट १० मा पर्ने सबैलाई एक थान मोबाइल सेट पुरस्कार दिइनेछ भने उत्कृष्ट २० मा पर्न सफल सहभागीमध्ये वैदेशिक शिक्षामा जान चाहनेलाई उचित छुटको व्यवस्था गरिने बताइएको छ ।

सुदर्शन थापाले निर्देशन गरेको चलचित्र प्रेम गीतमा पुजा शर्मा र प्रदिप खड्का, सरोज खनाल, राजाराम पौडेल, रुपा राना लगायतले अभिनय गरेका छन् । चलचित्रमा अर्जुन पोख्रेलको संगीत छ । माघ २९ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको निर्माण सन्तोष सेनले गरेका हुन् ।

For More videos Log on to Mazzako TV