मज्जाको अनलाईन, मंसिर १२ गते, शनिवार, २०७२, काठमाण्डौं ।

रुसले टर्की माथि आर्थिक नाकाबन्दी लगाउने तयारी गरेको छ । टर्कीले गत मंगलबार रुसि युद्धक बिमान सिरियामा खसाले पछि चुलिएको दुई देशीय चिसोपनाका कारण रुसले टर्किमाथि आर्थिक नाकाबन्दिको तयारी गरेको बीबीसीले उल्लेख गरेको छ । एक टेलिभजनमा अन्र्तबार्ता दिदै रुसि प्रधानमन्त्री दिमित्री मेद बेदेबले रुसले टर्कीमाथि ब्यापार, परिबहन र पर्यटन क्षेत्रमा नाकाबन्दिको तयारी गरिरहेको बताउनुभयो ।

उहाँले टर्कीको आर्थिक अबस्थालाई खुम्च्याई खाद्यय सामाग्रीको निर्यातमा पनि रोक लगाउने तयारी सरकारले गरिरहेको बताउनुभयो । रुसले तर्कीमाथि आफ्नो ब्यापारको ठुलो हिस्सा राखेको छ । टर्कीरुसको समग्र ब्यापारको दोाश्रो ठुलो ब्यापारीक मुलुक हो । त्यस्तै टर्कीको मुख्य आम्दानीको रुपमा रहेको पर्यटन ब्यबसायमा पनि रुसी नागरिकले टर्कीलाई मुख्य गन्तब्य मान्दै आएका छन् ।

For More videos Log on to Mazzako TV