मज्जाको अनलाईन, मंसिर ११ गते शुक्रबार, २०७२, काठमाण्डौं ।

भारतीय नाकाबन्दीको बिरोधमा बिद्यार्थीहरुले हातेमालो गर्दै आज काठमाडौको चक्रपथमा मानव साङ्लो प्रदर्शन गदैछन् । १३ बिद्यार्थी संगठन, प्याब्सन, एन प्याब्सन, हिसान र शिक्षक संगठन लगायतका संघ संस्थाको आह्वानमा आज बिहान काठमाडौमा बिद्यार्थीको मानव साङ्लो प्रदर्शन गर्न लागिएको अनेरास्ववियुकी महासचिव नवीना लामाले जानकारी दिनुभयो ।

बिहान ११ बजे चक्रथपमा भेला भइ मानव साङ्लो बनाउने बिद्यार्थीहरुको तयारी छ । भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण शैक्षिक संस्थाहरु बन्द हुदा बालबालिकाको भविश्य अन्धकार बन्दै गएको भन्दै बिरोध प्रदर्शन गर्न लागिएको हो । रिङरोडको १६ ठाउमा भेला भइ मानव साङ्लो बनाइने आयोजकले जनाएका छन् ।

For More videos Log on to Mazzako TV