मज्जाको अनलाईन, मंसिर १० गते, विहिबार, २०७२, काठमाण्डौं ।

आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडीलाई अब पुन: चलचित्र ‘क्लासिक’ मार्फत देख्न पाईने भएको छ । चलचित्रको फस्र्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र ‘क्लासिक’मा आर्यन र नम्रतालाई दुष्टविहिन पात्रको रुपमा प्रस्तुत गरिएको छ ।

classic-first-look-2

चलचित्र सांगीतक लभस्टोरी भनिएको यस चलचित्र माघ २९ गतेदेखि अलनेपाल प्रर्दशनमा आउनेछ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘क्लासिक’ यतिबेला छायांकनको अन्तिम चरणमा पुगेको निर्माण युनिट जानकारी गराउछ । निर्माता सुवास गिरीले चलचित्रको पोष्ट प्रोडक्शनको कामसँगै प्रचारलाई पनि सुरु गरिएको बताए ।

classic-first-look
चलचित्र ‘क्लासिक’मा राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्धन्द्ध, रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको छ ।

classic-fist-look-1

For More videos Log on to Mazzako TV