मज्जाको अनलाईन, मंसिर १० गते, २०७२, काठमाण्डौं ।

कंग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारपछि आज अमेरिकाबाट नेपाल फर्कदै हुनुहुन्छ । क्यान्सर पीडित कोइराला फलोअपका लागि गत कात्तिक २० गते अमेरिका जानुभएको थियो । उहाँ आज राती कतार एयरलायन्सबाट फर्कने हुनुभएको हो ।

Koirala new one

कोइरालाले अमेरिकामा रहदा स्वास्थ्य जाँचसँगै विभिन्न राजनीतिक भेटबार्ता गर्नुभएको थियो । अमेरिकामा रहेका नेपाली, अमेरीकी राजनीतिज्ञ, राष्ट्रसंघका महासचिव बान की मुन लगायतसँग उहाँले छलफल गर्नुभएको थियो ।

मुनसँगको भेटमा उहाँले नेपालको तराइ क्षेत्रमा जारी आन्दोलन र नेपाल – भारतको सीमामा भएको अवरोधले परेको अप्ठेरो विषयमा छलफल गर्नुभएको थियो ।

For More videos Log on to Mazzako TV