मज्जाको अनलाईन, मंसिर १० गते, विहिबार, २०७२, काठमाण्डौं ।

मधेसी मोर्चाको अवरोधका कारण स्थगित हुँदै आएको व्यस्थापिका संसद बैठक आज पनि बस्दैछ । विहान ११ बजेका लागि बोलाइएको बैठकमा यसअघिनै तय भएका कार्यसुचि रहेका छन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालबाट मन्त्रीपरिषद विस्तार भएको बारको पत्र र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको प्रतिवेदन पेस हुने कार्यसुचि रेहको संसद सचिवालयका सहप्रबक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।

Constituent-building

यसअघि गत आइतबार बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेलले पुरानो सरकारले ल्याएको संविधान संशोधन विधेयक र पुननिर्माण प्राधिकरण विधेयक अगाडि बढाउन आग्रह गर्नुभएको थियो । पौडेल बोलिरहेको अवस्थामा मधेसी दल र साना दलका सांसदले आफ्ना माग पुरा गराउन दवाव दिने उदेश्यले रोष्ट्रम घेराउ गरेका थिए ।

उनीहरुले शनिबार राति सप्तरीमा भएको घटनालाई लिएर गृहमन्त्रीको राजीनामा माग गर्दै राजिनामा गरेपछि अवरुद्ध बैठक आज ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

For More videos Log on to Mazzako TV