रियल मड्रिडद्धारा शाख्तर डोनेस्क ४–३ ले पराजित
मज्जाको अनलाईन, मंसिर १० गते, विहिबार, २०७२, काठमाण्डौं ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराती सम्पन्न खेलमा रियल मड्रिड विजयी भएको छ । समुह ए अन्तर्गतको खेलमा रियल मड्रिडले शाख्तर डोनेस्कलाई ४–३ ले पराजित गरेको हो । खेलको १८ औं मिनेटमा रियलले क्रिष्टियानो रोनाल्डोको गोल मार्फत सुरुबाती अग्रता बनाएको थियो । रियलको सो अग्रता खेलको ५० औं मिनेटमा लुका मोडरिचले दोब्बर पारे ।
त्यसको २ मिनेट पछि डानी कारबाखालले गोल गर्दै रियलको अग्रता ३–० मा र्पुयाएका थिए । त्यस्तै खेलको ७० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल ४–० को स्थितीमा पुगेको थियो । तर खेलको अन्तिम ११ मिनेटमा आक्रामक खेल प्रस्तुत गरेको शाख्तर डोनेस्कले रियलको पोष्टमा लगातार गोलको बर्षा गरेको थियो ।
उसले अन्तिम ११ मिनेटमा तिन गोल गरेपनि खेलमा भने फर्कन सकेन् । उसका लागि खेलको ७७ औं मिनेटमा एलेक्स टेक्सेराले पेनाल्टी मार्फत पहिलो गोल गरे । त्यसको ६ मिनेट नबित्दै फेहेरा बोफिनले अर्को गोल थपे । ८८ औं मिनेटमा टेक्सेराले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४–३ को अवस्थामा ल्याएपनि रियलसंग अंक खोस्न असफल बन्यो ।
जितपछि रियलको पाँच खेलबाट १३ अंक सहित समुह एको शिर्ष स्थानमा जमेर बसेको छ । समान खेलबाट तीन अंक मात्र जोडेको शाख्तर डोनेस्क अंक तालिकाको तेस्रो स्थानमा छ ।
For More videos Log on to Mazzako TV