मज्जाको अनलाईन, मंसिर १० गते विहिबार, २०७२, काठमाण्डौं ।

प्राविधिक पुष्कर लामा नेपाल चलचित्र प्राविधिक संघको अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले प्रतिद्वन्दी अनन्त तिमिल्सिनालाई ३९ मतले पछि पार्दै नयाँ नेतृत्वको लागी भएको निर्वाचनमा विजयी भएका हुन् । लामा आगामी दुई बर्षे कार्यकालको लागी अध्यक्ष पदमा रहनेछन्। बुधवार राजधानीमा सम्पन्न निर्वाचनमा लामाले १ सय ६० मत ल्याएका थिए भने तिमिल्सिनाले १२१मत मात्र प्राप्त गर्न सफल भए । कुल मतदाता ३ सय ४७ रहे पनि जम्मा २ सय ८५ मत मात्र खसेको थियो ।

puskar-lama

छनौट गरिएको नया १७ सदस्यिय नव निर्वा्चित कार्यसमितिको महासचिवमा सुरज आचार्य १ सय ६ मत सहित बिजयी भए । उनले निकटतम प्रतिद्वन्दी केशव घिमिरेलाई ५ मतले पछि पारे । त्यस्तै दुई उपाध्यक्षमा अरुण रेग्मी र गणेश सापकोटा निर्वा्चित भए । रेग्मीको पक्षमा १ सय ३ र सापकोटाको पक्षमा ९७ मत पर्यो भने सचिवमा शंकर पाण्डे १ सय ७५ मत सहित बिजयी भए । प्रतिद्वन्दी नविन पुरीले ९८ मत प्राप्त गरे भने कोषाध्यक्षमा गीता पौडेलले करिव १ मतको हाराहारीमा हरी शिलवाललाई पछि पार्दै बिजयी भईन् । उनले सर्वा्धिक १ सय ८२ मत प्राप्त गरिन् ।

१७ सदस्यिय कार्यसमितिको ११ सदस्य पदमा शालिकराम दुलाल, योगेश्वर पौडेल, देवी प्रसाद दाहाल, श्याम तामाङ, रविन आचार्य, दुर्गा पौडेल, दिनेशकुमार राई, शोभा श्रेष्ठ, विनोद कार्की, दिलिप पन्त, संगिता लामा र विनोद लामा विजयी भएका छन् ।

For More videos Log on to Mazzako TV