मज्जाको अनलाईन, मंसिर ९ गते बुधबार, २०७२, काठमाण्डौं ।

रिलिजको संघारमा रहेको फिल्म ‘जाऊ हिड पोखरा’को आज साँझ राजधानीमा प्रिमियर गरिएको छ । चलचित्रको प्रिमियरमा फिल्मकर्मी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । आउदो शुक्रबारबाट रिलिजको तयारीमा रहेको फिल्मको प्रिमियरबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्देशक शोभित बस्नेतले मज्जाको अनलाईनलाई जानकारी गराएका छन् ।

देशभर करिब ८० बढि पर्दाहरुबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको यस सिनेमामा रेखा थापा र जिवन लुइटेललाई मुख्य भुमिकामा देख्न पाईन्छ । ‘जाऊ हिड पोखरा’ले चलचित्र ‘कबड्डी कबड्डी’सँग नेपाली सिनेमाघरहरुमा भिडन्त गर्नेछ ।

IMG_7476

IMG_7466

IMG_7483

IMG_7477

IMG_7506

IMG_7492

For More videos Log on to Mazzako TV