मज्जाको अनलाईन, मंसिर ९ गते, बुधबार ।

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रबेश गरेको छ । गएराती समपन्न खेलमा रोमा माथि ६–१ को जित निकाल्दै बार्साले नक आउट चरणमा स्थान बनाएको हो । बार्साको जितमा लियोनेल मेसी र लुईस स्वराजले २–२ तथा पिके र एडरिनोले १–१ गोल गरेका थिए । रोमाका लागि एक मात्र सान्त्बना गोल जोकोले खेलको अन्तिम समय गरेका थिए ।

Luis-Suarez

त्यस्तै, ओलम्पियाकोसलाई ४–० ले हराउँदै जर्मनीको बायर्न म्युनिख पनि नक आउट चरणमा प्रवेश गरेको छ । उता आर्सनलले डाईनामो जाग्रेबलाई ३–० ले हरायो । जितसँगै आर्सनलले नक आउट चरणमा पुग्ने सम्भावना जिवित राखेको छ । समुहको अन्तिम खेलमा आर्सनलले ग्रिसको ओलम्पियाकोससँग खेल्नेछ ।

यसैगरी समुह जी को खेलमा चेल्सीले मकाबी तेल अभिभलाई ४–० ले हराउँदा डाईनामो किभले एफ.सी. पोर्टोलाई २–० ले पराजित र्गयो । जितसँगै चेल्सीले पनि नक आउट चरणमा प्रवेश गर्ने सम्भावना जिवित राखेको छ । समुहको अन्तिम खेलमा चेल्सीले पोर्टोको सामना गर्नेछ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समुह एच का खेलहरुमा जेनिथले भ्यालेन्सियालाई २–० ले हराउँदा गेन्टले लियोंलाई २–१ ले पराजित र्गयो ।

For More videos Log on to Mazzako TV