मज्जाको अनलाईन, मंसिर ९ गते, बुधबार, २०७२, काठमाण्डौं । 

संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायोगले नेपाल भारत सिमा क्षेत्रमा देखिएको अबरोधको कारण नेपालमा गम्भीर मानबिय संकट उत्पन्न भएको भन्दै तत्काल अबरोध हटाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । उच्चायोगले नेपालको बर्तमान अबस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै अत्यावश्यक सामान आपूर्तिका लागि सुरक्षित मार्ग उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

united-nations

राष्ट्रसंघले सरकार र आन्दोलनरत दुवै पक्षलाई संयमित हुन आग्रह गर्दै देशको कठिन अबस्थालाई आत्मसाथ गर्दै मानवीय संकटको समाधान खोज्न आग्रह गरेको छ । मानवअधिकार उच्चायुक्तको तर्फबाट एक बिज्ञप्ती जारी गर्दै प्रवक्ता रविना सम्दासनीले कुनै पनि अत्यावश्यक सामग्री ढुवानीमा असहजता ल्याउनु अन्तर्रा्ष्ट्रिय मानवीय कानुनको विपरीत भएको बताउनुभएको छ ।

उहाँले निर्बाध बाँच्न पाउने अधिकारको हनन् हुन नहुनेमा जोड दिदै यसमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको छ । उच्चायोग कार्यालयले सरकार र दुवै पक्षलाई तत्काल अत्यावश्यक सामग्री निर्बाध ढुवानीको अवस्था सिर्जना गर्न भनेको छ ।

For More videos Log on to Mazzako TV