मंसिर ९ गते, बुधबार, सुनसरी ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भुमिमा प्रवेश गरेर गोली चलाउदाँ चारजना गम्भिर घाईते भएका छन् । सुनसरीको भान्टाबारीमा बुधबार विहान करिब १० जना एस एस बीको समुहले गोली बर्साएको थियो ।

एसएसबीको गोली लागि हरिपुर गाविस–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गोली लागि घाईते भएकाहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाईएको छ । भारतीय बजारबाट इन्धन लिएर आउँदै गरेका उनीहरुलाई एसएसबीले लखेटी लखेटी गोली हानेको स्थानियबासीले जानकारी गराएका छन् ।

घाईते मध्ये अशोक यादबको पेटमा गोली लागेको छ भने अन्यलाई शरिरका बिभिन्न भागमा गोली लागेको छ ।  उनीहरु माथि बिहान साढे ६ बजे गोली प्रहार भएको थियो ।

For More videos Log on to Mazzako TV