मज्जाको अनलाईन, मंसिर ८ गते मंगलबार, २०७२, काठमाण्डौं ।

Susmaचलचित्र ‘चलेछ बतास सुस्तरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शीर्ष गीतमा अभिनेत्री सुष्मा कार्की र नायक प्रमोद भारद्धाजलाई देख्न पाईन्छ । चलचित्रको यो गीत सुन्दा रमाईलो त छ नै हेर्दा पनि निकै आर्कषक छ । नायिका सुष्मा कार्कीलाई यस गीतमा निकै फरक अन्दाजमा प्रस्तुत गरिएको छ । विशेषत ‘आईटम गर्ल’को रुपमा चिनिएकी सुष्मालाई गीतमा निकै बोल्ड र ब्युटिफुल प्रेजेन्ट गरिएको छ । चलचित्रमा नायिका सुष्मा र प्रमोदको केमेस्ट्रीलाई दर्शकले रुचाउने देखिएको छ ।

सार्वजनि यस शिर्ष गीतमा विकास चौधरीको संगीत छ भने गीतमा आवाज स्वरुपराज आचार्य र प्रविशा अधिकारीको रहेको छ । स्क्रिप्ट राईटर प्रदिप भारद्धाजले निर्माण गरेको यस सिनेमा नायिका सुष्माको करिअरकै ‘टर्निङ पोइन्ट’ हुन सक्ने भनि निर्माण युनिट प्रतिक्रिया दिन्छ । फिल्मलाई सबु सुवेदी र अनिला खड्काले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV