मज्जाको अनलाइन, मंसिर ७ गते, सोमवार, २०७२, काठमाडौं ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय राजदूत रणजित रायलाई मन्त्रालयमा बोलाएर पारवहनमा भइरहेको अवरोध र त्यसबाट उत्पन्न मानवीय संकटबारे केरकार गरेका छन् ।

पारवहन सहजताबारे जिज्ञासा राख्दै थापाले नेपालको मानवीय संकट समाधानको पहल गर्न आग्रह गरेको परराष्ट्र अधिकारीले जानकारी दिए ।

Kamal Thapa-Ranjit Rayपरराष्ट्रमन्त्री थापाले नेपालतर्फ समस्या नरहेको जानकारी गराउदै भारत तर्फबाट पारवहन सहज बनाइदिन भारतीय राजदूतलाई आग्रह गरेका थिए । दुई महिनादेखि भारतले गरेको नाकाबन्दीका कारण मानवीय संकट सुरु भइसकेको छ ।

यस्तै, तराई केन्द्रित दलहरू भारत आफ्नो साथमा रहेको बुझाइका साथ उग्र बन्दै गएका छन् । कूटनीतिक समुदायले पनि नेपालको समस्याबारे जिज्ञासा राख्न थालेका छन् ।

अपराहन ४ बजे परराष्ट्र मन्त्रालय पुगेका राजदूत रायले ३५ मिनेट उपप्रधानमन्त्री थापासँग भेट गर्नुभएको थियो । परराष्ट्रमन्त्री थापासँगको भेटबारे भने राजदूत रायले सञ्चालकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।

परराष्ट्रमन्त्री थापाले नेपालको अवस्थाबारे काठमाडौंस्थित कूटनीतिक समुदायलाई बोलाएर छलफल गर्ने तयारी गरिरहेको मन्त्रालयका एक अधिकारिले जानकारी दिए । त्यसको पूर्वसन्ध्यामा भारतीय राजदूतसँग अलग्गै छलफल भएको हो ।

पूर्वपरराष्ट्र मन्त्रीहरूलाई समेत बोलाएर मुलुकको यथार्थ अवस्था जानकारी र समाधानको उपायबारे छलफल गर्ने तयारी उपप्रधानमन्त्री थापाको छ ।

For More videos Log on to Mazzako TV