धादिङ । भारतीय नाकाबन्दीपछि चीनले केरुङ हुँदै पठाएको अनुदानको पेट्रोल ट्यांकर चालकहरूले बाटैमा बेचेको खुलेको छ । अनुदानको इन्धन नेपाल भित्रिने नाका रसुवागढी, नुवाकोट र धादिङको गल्छी हुँदै राजधानी प्रवेश गर्ने नाकाहरूमा ट्यांकर चालकहरूले अनुदानकै इन्धन बेचेको स्रोतले बतायो ।

पहिलेका खेपहरूमा प्रहरी एस्कर्टिङ भएकाले बेच्न नपाए पनि तिहारअघि आएका अन्तिम खेपका ट्यांकर चालकहरूले धादिङको गल्छीदेखि नौबिसे सम्मका चिया पसलहरूमा समेत बेचेको फेला परेको छ । अनुदानको सो पेट्रोल ३ सय ५० रुपैयाँ प्रतिलिटर बेचबिखन भइरहेको छ ।

यसैबीच, नेपाल आयल निगमको ट्यांकरबाट अवैध रूपमा तेल बिक्री गर्न खोजेको भन्दै धादिङ प्रहरीले ९ हजार लिटर डिजेलसहित एउटा ट्यांकर नियन्त्रणमा लिएको छ । आयल निगम र अमलेखगन्जस्थित मुख्य इन्धन डिपोका कर्मचारीको मिलोमतोमा डिजेल बिक्री गर्न खोजेको सूचनापछि प्रहरीले ट्यांकर नियन्त्रणमा लिएको हो ।

Tranker-oilलमजुङस्थित मिदिम खोला जलविद्युत् आयोजनालाई आवश्यक पर्ने डिजेल निगमबाट निकासा गराई बिल, चलानी र आधिकारिक पत्र बिनै तेल ल्याएको पाइएको छ ।

तेल बोकेको ट्यांकरलाई सूचनाका आधारमा धादिङको थाँक्रे ३ महादेवबेंसी १० किलोस्थित रक्तकाली रोडा तथा ढुंगा उद्योगबाट बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सविन प्रधानले जानकारी दिए । ट्यांकरका चालक फरार छन् ।

ट्यांकरमा भेटिएका कागजातका आधारमा मकवानपुर पालुङ ३ का चालक जीवनकुमार लामा फरार भए पनि टेलिफोन सम्पर्कमा रहेको खानीखोला प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले बताए । सो इन्धन भर्न धोबीघाटस्थित युनियन हाइड्रोपावर प्राइभेट

लिमिटेडका अध्यक्ष किरण मल्लले गत कात्तिक ७ मा निगमलाई पत्राचार गरेका थिए । निगमबाट थानकोट डिपोलाई कात्तिक ८ मा आवश्यक कारबाही गर्न तोक लगाएको पनि खुलेको छ ।

भारतीय नाकाबन्दीपछि इन्धन आपूर्ति सहज गर्न नियमित इन्धन बेच्ने पम्पहरूलाई स्थानीय प्रशासनले ३ देखि ६ हजार लिटरसम्म मात्रै खरिद बिक्री गर्न सिफारिस गर्ने गरेको छ ।

For More videos Log on to Mazzako TV