मज्जाको अनलाइन, मंसिर ७ गते, सोमवार, २०७२, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले सरकारको दिनगन्ती सुरु भएकाले आफू जनजीविकाका मुद्दामा केन्द्रित हुने बताएका छन् ।

राजधानीमा सोमवार फेडरेशन नेपालको ८ औँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई सत्ताको मोह नभएकाले जनजीविकाका मुद्दामा अडिग रहने बताए । मुलुकमा हाल कायम संकट अन्त्यका लागि सरकार क्रियाशिल रहेकाले जनजीवन छिट्टै सहज हुने उनको बिश्वास थियो ।

KP OLiभूकम्पपछिको पुर्ननिर्माण कार्य इन्धन संकटका कारण अघि बढ्न नसकेको भन्दै उनले इन्धनको जोहो गरेर पीडित जिल्लामा पुर्ननिर्माण कार्य तीव्रताका साथ अघि बढाइने बताए।

प्रधानमन्त्री ओलीले आन्दोलनरत पक्षलाई हिंसा नभड्काउन आग्रह गरे । मोर्चाका माग सम्बोधनका लागि सरकारले हदैसम्मको लचकता प्रस्तुत गरेको भन्दै उनले मोर्चाले जनजीवन सामान्यकरण गर्न सहयोग गर्नुपर्ने धारणा राखे ।

लोकतान्त्रिक विधीबाट बनेको उत्कृष्ट संविधानमा असन्तुष्टी जनाउँदै हस्तक्षेप नगर्न घुमाउरो शैलीमा भारतलाई आग्रह गरे ।

नेपालका जनप्रतिनिधीले जनादेश बमोजिम निर्माण गरेको संविधानमा कसैले आपत्ति जनाउनुपर्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

For More videos Log on to Mazzako TV