मज्जाको अनलाईन, मंसिर ६ गते आईतबार, २०७२, काठमाण्डौं ।

चलचित्र ‘बागमती’लाई महानायक राजेश हमाल र एक्सन किंग शिव श्रेष्ठको कमब्याक भएको चलचित्र भनि खुब प्रचार प्रसार गरिएको छ । चलचित्रको सफलतासँग राजेश र शिवको बाँकी फिल्मी करियर पनि जोडिएको छ । दक्षिण भारतीय टिमसँगको नेपाली निर्माता र कलाकारहरुको कोलाब्रेसन कस्तो होला त ? प्रश्न त्यहाँ पनि जोडिएको छ ।

Keki Adhikari Bagmati Film

नायिका केकी अधिकारीको कामको नतिजा, नव कलाकार श्रेया कार्कीको सपना, दक्षिण भारतीय निर्देशक सन्नी केरलाको नेपाली फिल्मी करियर पनि यस चलचित्रसँग जोडिएको छ । नेपाली चलचित्रको ट्रेन्ड परिवर्तन गर्ने चलचित्र भनि प्रचार प्रसार गर्न समेत भ्याईएको यो सिनेमा ग्रान्ड रिलिज गर्ने तयारी भने गरिएको नै छ ।

Shiva Shrestha

आज राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका विविध पक्षहरुको बारेमा जानकारी गराईए पनि कलाकारहरुले आफ्नो भुमिकाको बारेमा भने खुलाउन चाहेनन् । सस्पेन्स कथाबस्तु समेटिएको चलचित्र ‘बागमती’को पत्रकारसँगको अन्तरक्रियामा चलचित्रका मुख्य कलाकार मध्येका एक महानायक राजेश हमाल भने उपस्थित थिएनन् ।

Keki Adhikari

कार्यक्रममा उपस्थ्ति भएका एक्सन किंग नायक शिव श्रेष्ठले चलचित्रमा काम गर्दा आफुलाई छुट्टै अनुभव भएको बताएका छन् । नायिका केकी अधिकारीले विदेशी निर्देशकसँगको कामबाट पक्कै पनि राम्रो नजिता निक्लने आशा राखेको बताईन् । त्यस्तै नव कलाकार श्रेया कार्कीले चलचित्रमा काम गर्न पाउँदा आफु निकै उत्साहित रहेको बताइन् । यो चलचित्रबाट आफ्नो फिल्मी ढोका खुलेकोमा उनी निकै खुशी देखिईन् ।

Shriya Karki

दिनेश दर्शनधारी र विजय सत्यालको प्रस्तुतीमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता अनिल नापित हुन् । चलचित्रको निर्देशन सन्नी केरलाले गरेका हुन् । २ करोड माथिको बजेटमा तयार भएको भनिएको यो चलचित्र पौष २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV