– मंसिर ६ गते, सप्तरी

मधेसी मोर्चा र प्रहरीबीच सप्तरीको भारदह र रुपनीमा गएराती भएको झडपमा दुईजना आन्दोलनकारीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा आन्दोलनकारीले बाटो अवरुद्ध गरेपछि बाटो खुलाउने  आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।

Saptari Ghatana

सो झडपमा परी प्रहरीले चलाएको गोली लागेर सप्तरीको भारदह सडकखण्डमा जिल्लाको बलिया बतनाहा गाविस– १ का १५ वर्षीया नरेन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै रुपनी सडकखण्डमा सप्तरीको जोमनी मधेपुरा गाविस– ९ का २५ वर्षीय नागेश्वर यादवको मृत्यु भएको हो ।

प्रहरीको गोली लागेर भारदह र रुपनीमा एक दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्युरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा शनिबार राति १० बजेदेखि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सुरु भएको झडप अहिले पनि जारी नै रहेको र अवस्था तनावग्रस्त रहेको बताइएको छ ।

यसैबीच सप्तरी घटनापछि काठमाण्डौंका लागि छुटेका रात्रीबसहरु बाटैमा रोकिएका छन्, हजारौं यात्रूहरु बाटैमा अलपत्र परेका छन् । महोत्तरीको रातु खोलादेखि सर्लाहीको बाँके नदीसम्म सवारी साधनको निकै लामो लाईन रहेको छ ।

-रासस

For More videos Log on to Mazzako TV