मज्जाको अनलाईन, मंसिर ५ गते, शनिवार, २०७२, काठमाडौं । 

देशको समसामयीक राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भोली सर्वदलिय बैठक बोलाएका छन् ।KP OLi

मधेश आन्दोलनले सय दिन पुरा गरेपछि समस्या समाधानका लागि भन्दै प्रधानमन्त्री ओलीले भोली बैठक आव्हान गरेका हुन् । तिहार अघिबाट स्थगित ब्यवस्थापिका संसदको बैठक समेत भोली बस्दैछ ।

संविधानको विरोधमा चर्किएको मधेशी मोर्चाको आन्दोलन र भारतले लगाएको नाकाबन्दीका बिषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी कंग्रेस सहितको सर्वदलिय बैठक बोलाउनु भएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा मधेश आन्दोलनको सम्बोधन, संविधान सम्सोधन बिधेयक, पुर्ननिर्माण प्राधिकरण बिधेयक लगायत बिषयमा छलफल हुने छ ।

For More videos Log on to Mazzako TV