मज्जाको अनलाईन, मंसीर ५ गते, शनिवार, २०७२, काठमाण्डौं ।

सुदशन थापा निदेशित चलचित्र ‘प्रेम गीत’को गीतहरुको अडियो रिलिज गरिएको छ । युट्युबबाट सावजनिक गरिएको अडियो जुकबक्समा चलचित्रका आठवटा गीतहरु समावेश गरिएको छ ।

Prem geet 2

गीतहरुमा सुगम पोखरेल, अन्जु पन्त, स्वरुप आचार्य, सुवानी मोक्तान, पशुपति शर्मा, पुर्णकला विसी लगायतका अवाज सुन्न पाईन्छ । चलचित्रका संगीतकार भने अर्जुन पोखरेल हुन् । गीतहरुमा शब्द भने डा. कृष्णहरि बराल, यादव लम्साल र स्वयं अर्जुन पोखरेलकै रहेको छ ।

prem geet 1

चलचित्र ‘प्रेम गीत’मा पुजा शर्मा र प्रदिप खड्काको रोमान्सलाई हेर्न पाईनेछ । नामै बाट पुर्णरुपमा लभ स्टोरी भन्ने छनक दिने यस सिनेमालाई सन्तोस सेनले बनाएका हुन् । भ्यालेन्टाईनको माहोललाई क्यास गर्ने उदेश्यको साथमा चलचित्रलाई फेब्रुअरी १२ ९माघ २९ रिलिज गर्न लागिएको हो ।

प्रेम गीतका सुमधुर गीतहरु सुन्नुहोस् ।

For More videos Log on to Mazzako TV