मज्जाको अनलाईन, मंसिर ५ गते शनिवार, २०७२, मुम्बई ।

कहिले ‘पजेसिब लबर’ त कहिले ‘क्युट लभरब्वाई’ कहिले ‘डन’ त कहिले ‘हक्की कोच’को रुपमा देखिने बलिउड किंग खान शाहरुख अब भने ‘कार मोडिफायर’को रुपमा देखिने छन् । यही डिसेम्बरमा रिलिज हुने उनको चलचित्र ‘दिलवाले’मा उनी अहिलेसम्मकै फरक भुमिकामा देखा पर्दैछन् । उनको भुमिका ठुला हस्तीहरुबाट प्रभावित छ रे ।

shahrukh

यो चलचित्रमा उनका भाईको रुपमा बरुण धवनलाई पनि देख्न पाईनेछ । बलिउडको सदैव चहिता जोडी शाहरुख र काजोललाई धेरै पछि पुन सँगै यो चलचित्रमा हेर्न पाईन्छ । यस चलचित्रको भर्खरै सार्वजनिक गरिएको ‘गेरुआ’ वोलको रोमान्टिक गीतलाई युट्युबमा निकै राम्रो प्रतिक्रिया मिलेको छ । यो जोडीले पुन एकपटक पर्दामा आफ्नो रोमान्सले सबै दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

shahrukh-kajol_dilwale_sm_650_112015074330

रोहिट सेट्ठी निर्देशित चलचित्र ‘दिलवाले’मा शाहरुख, काजोल, बरुणका अवाला कृति सेनन, जोनी लिवर, बमन ईरानी, संजय मिश्र लगायतको पनि अभिनय रहेको छ । यो चलचित्र डिसेम्बर १८ देखि रिलिज हुनेछ ।

For More videos Log on to Mazzako TV