काठमाडौं । मालीको एक होटलमा १७० मानिसलाई बन्धक बनाइएको छ भने तीनजनाको ज्यान गएको छ।

मालीको राजधानी बमाकोस्थित -याडिसन ब्लू होटलमा बन्दुकधारीहरुले हमला गरेर उनीहरुलाई बन्धक बनाएका छन्।

सुरक्षाकर्मी र प्रहरीले उक्त होटललाई घेरेका छन् र वरपरको सडक बन्द गरेका छन्।
मालीको विशेष फौजले होटलमै पसेर कारवाही गरेको छ।

सरकारी टेलिभिजनका अनुसार करीब असी अन्य व्यक्तिलाई रिहा गरिएको वा उनीहरु आफैं भागेका छन्।

समाचार संस्था एएफपीले मालीका रक्षामन्त्रीलाई उद्धृत गर्दै कम्तीमा ३ जनाको ज्यान गएको बताएको छ।
होटलका मालिकले २ जना व्यक्तिले होटलका १४० जना अतिथि र ३० जना कर्मचारीलाई बन्धक बनाएको बताए।

विदेशीहरुमाझ लोकप्रिय सो होटलमा बन्दुकधारीहरु अरबी भाषामा “ईश्वर महान छन्” भनेर चिच्याउँदै छिरेका थिए।

बन्धक बनाइएकाहरुमध्ये फ्रेन्च, टर्किश, चिनियाँ तथा भारतीयहरु छन्। -एजेन्सी

For More videos Log on to Mazzako TV