मज्जाको अनलाईन, मंसिर ४ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।

आगामी पौष १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आधा पेज’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । विहिबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम आयोजना गर्दै चलचित्रको बारेमा विभिन्न कुराहरु जानकारी गराईएको छ ।

IMG_7298

त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत र रुपेश न्यौपानेको मुख्य भूमिका छ । यसअघिका आफ्ना चलचित्रभन्दा यसपाली आफु आधा पेजमा भिन्न रुपमा प्रस्तुत भएको चलचित्रकमा मुख्य कलाकार मध्येका एक सलोनले जानकारी गराएका छन् । त्यस्तै चलचित्रमा काम गर्दा निकै रमाईलो भएको नायिका रिश्ता बस्नेतले अनुभव सुनाईन्  ।

IMG_7301

लीलाबहादुर न्यौपाने र ज्ञानबहादुर न्यौपानेले निर्माण गरेको यस चलचित्रमा विपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल लगायतका कलाकारको पनि अभिनय छ ।

परी फिल्मस्को ब्यानरमा तयार भएको यो सिनेमामा रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्रलाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन छ ।

For More videos Log on to Mazzako TV